‘बालोन डी ओर’मा यामालको दाबी, ‘एम्बाप्पेभन्दा म योग्य छु’

२९ भदौ ८३, सोमबार
Share this
698shares

२९ भदौ , काठमाण्डौ ।

Advertisement

लामिन यामालले २ गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्तेलाई ४–२ ले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआतलाई ५ खेलसम्म कायम राखेको छ । जितसँगै बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडभन्दा ३ अंकले अगाडि पुगेको छ ।

बार्सिलोनाका लागि जाभी एस्पार्टले पाँचौँ मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। १९औँ मिनेटमा यामालले राफिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । लेभान्तेको घरेलु मैदानमा बार्सिलोनाले सुरुआतमै दबाब बनाएको थियो । दोस्रो हाफमा यामालले पेनाल्टीमार्फत अर्को गोल गर्दै व्यक्तिगत रूपमा दुई गोल पूरा गरे।

Advertisement

बार्सिलोनाले ३–० को अग्रता बनाएपछि खेल आफ्नो नियन्त्रणमा राखेको देखिए पनि लेभान्तेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास ग¥यो । इभान रोमेरो र रोजर ब्रुगेलाई गोल गर्दै घरेलु टोलीले अन्तर ३–२ मा झारेको थियो । त्यसपछि केही समय बार्सिलोना दबाबमा परे पनि अतिरिक्त समयमा करिम अदेयेमीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यो जितसँगै बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको हो । टोलीले पाँचै खेल जित्दै सिजनको सुरुआत शतप्रतिशत नतिजाका साथ गरेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना तीन अंकले अघि छ । ला लिगामा गएराति बार्सिलोनाकोबाहेक तीन खेल पनि भएका थिए।

Advertisement

एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई उसैको मैदानमा ३–० ले पराजित ग¥यो। एट्लेटिकोका लागि जोनाथन डेभिड, अलेजान्द्रो ग्रिमाल्डो र जुलियानो सिमोनेले गोल गरे । अर्को खेलमा सेल्टा भिगो र मालागाले १–१ को बराबरी खेले। सेल्टाका लागि फेरान जुट्ग्लाले गोल गरे भने मालागाका एड्रियन निनोले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

यस्तै गेटाफे र डेपोर्टिभो ला कोरुनाले पनि १–१ को बराबरी खेले । अब ला लिगामा आज राति एक खेल मात्रै हुँदैछ । भिल्लारियलले घरेलु मैदानमा रियल बेटिसको सामना गर्नेछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ ।भिल्लारियलले सिजनको सुरुआत अपेक्षाअनुसार गर्न सकेको छैन भने बेटिसले चार खेलबाट नौ अंक जोडेको छ।

त्यसैले आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसर हुनेछ । यसैबीच बार्सिलोनाका युवा स्टार लामिन यामालले सन् २०२६ को बालोन डी’ओर आफूले जित्नुपर्ने दाबी गरेका छन् । उनले आफू र फ्रान्सेली स्टार किलियन एम्बाप्पेलाई विश्वका दुई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गर्दै यस वर्षको व्यक्तिगत अवार्डका लागि आफू बढी योग्य रहेको बताएका हुन् ।

यामालले स्पेनिस टेलिभिजन कार्यक्रम ‘युनिभर्सल भाल्दानो’ का लागि दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन्। उक्त अन्तर्वार्ता आगामी शुक्रबार प्रसारण हुने बताइएको छ। स्पेनिस खेलकुद पत्रिका स्पोर्टले अन्तर्वार्ताका केही अंश सार्वजनिक गरेको हो ।

यामालले भनेका छन्, ‘बालोन डी’ओर कसलाई दिन्छु ? इमानदारीपूर्वक भन्नुपर्दा, विश्वकै उत्कृष्ट खेलाडी दुई जना मात्र छन् जस्तो लाग्छ। तर यस वर्ष म यसको हकदार छु।’ उनले एम्बाप्पेसँग आफ्नो तुलना गर्दै थपे, ‘मेरो विचारमा किलियन एम्बाप्पे र म दुई उत्कृष्ट खेलाडी हौं। खेल हेर्ने जो–कोहीलाई पनि यो थाहा हुन्छ।’

बालोन डी’ओरको दौडमा एम्बाप्पेले पनि केही दिनअघि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । उनले सामूहिक उपलब्धि महत्वपूर्ण भए पनि बालोन डी’ओर व्यक्तिगत अवार्ड भएकाले व्यक्तिगत प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

आफ्नो प्रदर्शनबारे एम्बाप्पेले भनेका थिए, ‘मलाई लाग्छ, यस वर्ष मैले फरक खालको योगदान दिएँ। त्यसैले बालोन डी’ओर जित्न सक्ने मेरो विश्वास छ।’ यससँगै सन् २०२६ को बालोन डी’ओरको दौडमा यामाल र एम्बाप्पेबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

यामालको दाबेदारी उनको राष्ट्रिय टोली र बार्सिलोनासँगको सफलतामा आधारित छ भने एम्बाप्पेले गोल गर्ने क्षमतासहित आफ्नोाबेदारीका कारण यस वर्षको बालोन डी’ओर कसले जित्ला भन्ने व्यक्तिगत प्रदर्शनलाई बलियो आधारका रूपमा प्रस्तुत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top