३० भदौ, काठमाण्डौ ।
भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२ र रसुवामा १८६ छन्।

त्यस्तै गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेका छन् भने उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु ।
फेला परेका शवमध्ये हालसम्म १०४ जनाको सनाखत ।
पहिचान हुन बाँकी शवको डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले दियो जानकारी ।
बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको , विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा रहेका नागरिकमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेको जानकारी ।
विभिन्न १९ अस्पतालमा उपचार गराइएका ३४१ जनामध्ये २७८ जना डिस्चार्ज भइसकेका छन् भने सुरक्षा निकायमार्फत थप ९ हजार ३५८ जनाले स्वास्थ्य सेवा लिएका छन्।




