३० भदौ, काठमाण्डौ ।
सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर अब घट्ने ।
अर्थ मन्त्रालयले पुँजीबजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि सोमबार सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने कर घटाउने प्रस्ताव ।

कार्ययोजनाअनुसार एक वर्षभन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा ३ दशमलव ७५ प्रतिशत पुँजीगत लाभकर तोक्ने उल्लेख ।
त्यस्तै, एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था प्रस्ताव ।
हाल दीर्घकालीन लगानीमा ७ दशमलव ५ प्रतिशत र अल्पकालीन लगानीमा १० प्रतिशत पुँजीगत लाभकर लिने व्यवस्था ।
अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि आईपीओको सामान्य योग्यता सम्बन्धी निर्देशिका जारी गर्ने, सार्वजनिक निष्कासनका समूह तथा सेयर बाँडफाँट प्रणाली पुस मसान्तभित्र लागू गर्ने योजना ।
म्युचुअल फन्ड, मुद्रा बजार र ईटीएफजस्ता नयाँ उपकरण विकासका लागि मंसिर मसान्तभित्र नीति तथा पूर्वाधार तयार गर्ने उल्लेख ।
ब्रोकर व्यवसायको संस्थागत सुधार, धितोपत्र ऐनमा संशोधन तथा मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी र सर्ट सेलिङको व्यवस्था मिलाउने योजना पनि कार्ययोजनामा समेटिए ।
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन कानुनी संशोधन प्रस्तावसमेत असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी ।




