३ असोज , काठमाण्डौ ।
जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतसँग सहकार्यको प्रस्ताव ।
भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादमा यस्तो प्रस्ताव राखे ।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली तथा तटीय पारिस्थितिक प्रणालीले असमानुपातिक असर भोगिरहेको उल्लेख गर्दै उनले नेपाल र भारतले मिलेर जलवायु न्यायको मुद्दा उठाउनुपर्ने बताए।
विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन ‘बिल्ड ब्याक बेटर’ अवधारणामा अघि बढिरहेको अर्थमन्त्रीको भनाइ ।

वाग्लेले परम्परागत सहायता प्रणालीभन्दा माथि उठेर विकास वित्त, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरण परिचालनमा जोड ।
साथै, नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा घटाउन र गैरभन्सार अवरोध हटाउनुपर्ने अर्थमन्त्री वाग्लेको धारण ।
नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको उल्लेख गर्दै ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतीय प्रत्यक्ष वैदेशिक लगानी बढाउन वाग्लेले गरे आग्रह ।



