भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई एक–एक लाख सहयोग

३ असोज ८३, शनिबार
Share this
649shares

३ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय ।

महासङ्घले बाढीपछि सम्पर्कविहीन रहेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने ।

Advertisement

त्यस्तै, बाढीका कारण परिवार तथा घरवास गुमाएका रातोपाटीकर्मी एवं रसुवा शाखाका सदस्य निराजन पौडेललाई पनि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने महासङ्घको निर्णय ।

बाढीबाट प्रभावित अन्य पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सम्बन्धित जिल्ला शाखाबाट प्राप्त क्षतिको विवरण र आवश्यकताका आधारमा मापदण्ड बनाएर राहत तथा सहयोग उपलब्ध गराइने महासङ्घको भनाइ ।

Advertisement

विपद्का बेला प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्न चाहने महासङ्घका सदस्यलाई विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top