भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात

४ असोज ८३, आइतबार
Share this
753shares

४ असोज , काठमाण्डौ ।

Advertisement

नेपालले भदौ महिनामा मात्रै विद्युत् निर्यातबाट ५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्याे ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी ।

Advertisement

प्राधिकरणको भार प्रेषण केन्द्र (एलडिसी) स्युचाटारका अनुसार भारतको हरियाणा तथा बिहार राज्यसँगको द्विपक्षीय सम्झौता र विद्युत् बजारमार्फत विद्युत् निर्यात ।

द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट निर्यातबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी ।

Advertisement

विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आम्दानी भएको प्राधिकरणको भनाइ ।

भोटेकोशी बाढीबाट चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात भने हाल बन्द ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार गत वर्षको भदौको तुलनामा यस वर्ष विद्युत् निर्यात आम्दानी ३८ करोड २७ लाख रुपैयाँभन्दा बढीले बढ्यो ।

गत वर्ष भदौमा ४ अर्ब ७० करोड ८२ लाख रुपैयाँ आम्दानी भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top