४ असोज , काठमाण्डौ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार राति स्वदेश फिर्ता ।
भारतीय सरकारको निमन्त्रणामा ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्ले र भारतीय उच्च अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिबीच भेटवार्ता।

भ्रमणका क्रममा वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस. जयशङ्करसँग भेटवार्ता गरेका थिए।
भेटमा नेपाल–भारत आर्थिक सहकार्य, लगानी, व्यापार, कनेक्टिभिटी तथा भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहकार्यका विषयमा छलफल भएको थियो।

बाढीपछिको उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति उनले नेपाल सरकारका तर्फबाट धन्यवादसमेत दिए ।
वाग्लेले भारतमा उच्चस्तरीय कूटनीतिक संवाद, भारतीय उद्योगी–व्यवसायीसँगको सम्मेलन तथा दिल्ली स्कुल अफ इकोनोमिक्सको प्राज्ञिक कार्यक्रममा समेत सहभागिता जनाएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीबारे पनि चर्चा ।
२०२६ को अन्त्यसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी दुवै पक्षबीच छलफल भइरहेको डा वाग्लेले भारतीय पत्रकारसँगको कुराकानीमा दिए जानकारी ।
यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि तयारी भइरहेको बताएका थिए।



