छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

४ असोज ८३, आइतबार
Share this
650shares

४ असोज , काठमाण्डौ ।

Advertisement

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक अवरुद्ध ।

शनिबार पहिरो खस्दा करिब १०० मिटर सडक क्षेत्रमा ढुंगा थुप्रिएपछि करिडोरमा सवारी आवागमन ठप्प ।

Advertisement

सडक अवरुद्ध भएपछि करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिए ।

ठूलाठूला ढुंगा सडकमा खसेकाले सामान्य उपकरणबाट तत्काल सडक खुलाउन कठिन भएको जिल्ला प्रशासन कार्यालयको भनाइ ।

Advertisement

सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार सडक खुलाउन सडक विभाग, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भएपनि ढुंगा फुटाउनुपर्ने अवस्था रहेकाले आवश्यक उपकरण व्यवस्थापन गरी आज बिहानैदेखि सडक खुलाउने काम सुरु ।

निरन्तर काम अघि बढाएर सम्भावित रूपमा पर्सि दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top