केन्द्रीय कमिटी बैठकअघि एमाले सचिवालय बैठक बस्दै

५ असोज ८३, सोमबार
Share this
733shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बिहान ९ बजे बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तथा एजेन्डा तय गर्नेछ। एमालेले आजै बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ। ललितपुरको रामबाग महलमा तीन दिनसम्म चल्ने बैठकका लागि सचिवालयले एजेन्डा तय गर्नेछ।

Advertisement

एमालेभित्र नेतृत्व हस्तान्तरणको माग तीव्र रूपमा उठिरहेको छ। बहुसंख्यक पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीलाई सहज रूपमा नेतृत्व छाड्न आग्रह गर्दै आएका छन्। तल्ला कमिटीबाट पनि नेतृत्व हस्तान्तरणको माग उठिरहेको उनीहरूले बताउँदै आएका छन्।

तर आइतबार बसेको सचिवालय बैठकमा ओली आफ्नै पदाधिकारीसँग रुष्ट देखिएका थिए। पछिल्लो समय नेतृत्व नछाड्ने अडानमा देखिएका ओलीले आन्तरिक दबाबबीच केन्द्रीय कमिटी बैठक फेस गर्न लागेका हुन्।

Advertisement

अध्यक्ष बनेयता पहिलो पटक आन्तरिक रूपमा कमजोर अवस्थामा देखिएका ओलीले केन्द्रीय कमिटी बैठक फेस गर्न लागेका छन्।

फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top