सिप्रदीको श्री जल्पादेवी अटोवक्र्स बिहान ९ देखि राति ९ बजेसम्म खुला

५ असोज ८३, सोमबार
Share this
727shares

५ असोज , काठमाण्डौ ।

Advertisement

टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवक्र्सले आफ्नो सेवा समय विस्तार गरेको छ ।

२०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो ।

Advertisement

यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो ।

नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन् ।

Advertisement

ग्राहकको समय र सञ्चालन आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ ।

अवैध र नक्कली पाट्र्स तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको इन्जिन, ब्रेक र क्लच प्रणालीलाई छोटो समयमै खराब बनाउने मात्र नभई मर्मत खर्च अत्यधिक बढाउँछ ।

श्री जाल्पादेवी अटोवक्र्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण,TATa\Genuine Spare Parts, दक्ष तथा प्रशिक्षित प्राविधिक, छिटो तथा भरपर्दो सेवा तथा उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइनेछ ।

सेवा विस्तारले विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

सवारीको डाउनटाइम कम गर्दै अधिकतम आम्दानी र न्यूनतम सञ्चालन खर्च सुनिश्चित गर्ने उद्देश्यअनुसार सेवा व्यवस्थापन गरिएको सिप्रदीले जनाएको छ ।

टाटा मोटर्स कमर्सियल भेहिकलका ग्राहकलाई बिक्रीपछिको सेवा थप पहुँचयोग्य र सुविधाजनक बनाउने प्रयासअन्तर्गत सुरु गरिएको विस्तारित सेवा समयले आकस्मिक तथा नियमित मर्मतसम्भारका लागि समेत ग्राहकलाई थप विकल्प उपलब्ध गराउनेछ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top