इरानविरुद्ध ठूलो निर्णय गर्दै ट्रम्प, राष्ट्रपतिलाई भेट्न तयार

५ असोज ८३, सोमबार
Share this
746shares

५ असोज , काठमाण्डौ ।

Advertisement

लामो समयदेखिको इरानसँगको तनाव अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक कदम उठाउने भएका छन् । अमेरिका–इरान द्वन्द्वलाई लिएर निकट भविष्यमा ‘धेरै ठूला घटनाहरू’ हुन लागेको र यस विषयमा आफू नै ‘निर्णयकर्ता’ भएको सङ्केत गरेका छन् ।

अर्काेतर्फ ट्रम्पले साउदीलाई निशाना बनाइरहेको हुथीका विषयमा समेत नयाँ खुलासा गरेका छन् । फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफ्ना प्रमुख विदेश मामला सम्वाददातालाई भने, ‘मेरो प्रश्न यो हो कि आवश्यक परेको खण्डमा मैले पूरै देशलाई कहिले ध्वस्त पारौँ ? उनीहरूले आफ्नो व्यवहार सुधार्नु नै बेस हुनेछ।

Advertisement

इरानले युद्ध अन्त्यका लागि मागहरूको सूची पठाएको उल्लेख गर्दै उनले आफू इरानका राष्ट्रपतिसँग भेट्न ‘तयार’ रहेको पनि बताएका छन्। राष्ट्रपति ट्रम्पले भने, ‘युद्धको बारेमा तीन विकल्प टेबलमा छन्, इरानलाई पूर्ण रूपमा नष्ट गर्ने, आर्थिक रूपमा सड्न दिने वा सम्झौता गर्ने।’ उता इरान ट्रम्पको जवाफको पर्खाइमा छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले भनेका छन्, ‘इरानले कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको छ र अब राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको पर्खाइमा छ।’

Advertisement

बीबीसी फारसीका अनुसार, उनले इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानको रोक्का सम्पत्ति फिर्ता र नौसेना नाकाबन्दी हटाइनुपर्ने छन्। योसँगै रेजाइले चेतावनी पनि दिएका छन्, ‘इरानमा आक्रमण भएमा इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी आधार र सुविधालाई थप शक्तिका साथ आक्रमण गर्नेछ।’

आणविक कार्यक्रमका विषयमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले इरानले आणविक अप्रसार सन्धि (एनपीटी) बाट फिर्ता हुने निर्णय गरिनसकेको र यो कुरा अमेरिकाको व्यवहारमा निर्भर बताएका छन्। उनले थपे, ‘इरानले अझै पनि आणविक हतियारसम्बन्धी पूर्वनेताको फतवा पालना गर्छ र आफ्नो आणविक सिद्धान्त परिवर्तन गरेको छैन, यद्यपि भविष्यमा के होला, हामीलाई थाहा छैन।’

रजाईले साउदी अरेबिया र यमनबिचको युद्ध अन्त्य गर्न पनि आह्वान गरे। साथै उनले यमनका हुथी विद्रोही पनि साउदीसँग सम्झौता गर्न इच्छुक रहेको विश्वास व्यक्त गरे। राष्ट्रपति ट्रम्पले युद्धको विषयमा आफूसँग तीन वटा विकल्प रहेको बताएका छन् ।

‘इरानलाई पूर्ण रूपमा नामेट पार्ने, उनीहरूलाई आर्थिक रूपमा सड्न दिने वा सम्झौता गर्ने ।’ यद्यपि, युद्ध अन्त्य गर्ने मागसहितको सूची प्राप्त गरेपछि आफू इरानका राष्ट्रपतिलाई भेट्न ‘तयार’ रहेको पनि उनले बताएका छन् ।

यसैबिच, इरानले पनि अमेरिकालाई कडा जवाफ दिएको छ । बीबीसी पर्सियनका अनुसार इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले भनेका छन्, ‘यदि फेरि युद्ध सुरु भयो भने, अमेरिकी पानीजहाजहरू हिन्द महासागरबाट बाहिर ननिस्किएसम्म उनीहरू जहाँ भए पनि आक्रमण गरिनेछ । हामीले यो क्षमता विकास गरिसकेका छौँ ।’

उनले इरानले आफ्नो हाइपरसोनिक मिसाइलको गति ‘म्याक ६’ बाट बढाएर ‘म्याक १०’ पु¥याएको दाबी गरेका छन् । ‘हामीले हाम्रो विद्युतीय युद्ध प्रणाली (इलेक्ट्रोनिक वारफेयर सिस्टम) र वायु रक्षा प्रणालीमा पनि सुधार गरेका छौँ । हामीसँग अन्य उपायहरू पनि छन्, जसको प्रयोग हामी उचित समयमा गर्नेछौँ,’ रेजाईले भने ।

यसअघि आइतबार इरानी सेनाको खातम अल–अम्बिया केन्द्रीय मुख्यालयले केही खाडी देशहरूको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमण गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको थियो । यी घटनाक्रमकै बिच, अमेरिकी समाचार वेबसाइट एक्सियोसको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपतिको विश्रामस्थल ‘क्याम्प डेभिड’मा आफ्नो सप्ताहान्त पूरा नगरी अचानक ह्वाइट हाउस फर्किएका छन्।

यद्यपि, ह्वाइट हाउसले उनी हतारमा फर्किनुको कारण भने खुलाएको छैन । यसैबीच , यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन्। यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ।

प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिनुहुने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लेखेका छन्, “वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।”

राष्ट्रपति ट्रम्पले यसअघि पनि हुथीहरू क्षेत्रमा रहेका अमेरिकी सेनामाथि आक्रमणमा नउत्रिएको बताएका थिए। “हुथीहरूले हामीलाई फोन गरी जानकारी गराएका छन्, उनीहरू हामीसँग लड्न चाहँदैनन्”, राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १२ मा आयरल्यान्ड भ्रमणका क्रममा भनेका थिए, “उनीहरू हामीलाई आक्रमण गर्न चाहँदैनन्।”

फक्स न्युजलाई दिएको पछिल्लो टिप्पणी नजिकको अमेरिकी सहयोगी साउदी अरब बढ्दो दबाबमा रहेको समय आएको हो। शनिबार राजधानी रियादलाई लक्षित गरी एक मिसाइल प्रहार भएको थियो।

हुथीहरूले यमनभित्र पनि तीव्र आक्रमण गरेका छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबाट ठूलो भूभाग कब्जा गरेका छन् । यो सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको समर्थन छ।फक्स न्युजले रिपोर्ट गरेअनुसार ट्रम्प इरानबारे ‘निर्णय गर्ने मोड’ मा छन्।

अमेरिकी र इजरायली सेनाले फेब्रुअरी २८ मा ठूलो हवाई आक्रमण सुरु गरेका थिए र अहिले लगभग सात महिनादेखि गतिरोधमा छन्। उता इरान समर्थित हुथी विद्रोही समूहका एक वरिष्ठ नेताले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको साथ नदिन विभिन्न देशलाई चेतावनी दिएका छन्।

हुथी राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–बुखैतीले आइतबार एसोसिएटेड प्रेस (एपी)सँग कुरा गर्दै लाल सागरमा अमेरिकी पानीजहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता ट्रम्प प्रशासनलाई दिएको बताएका छन्। उनका अनुसार यमनको पश्चिमी तट हुँदै हुथी विद्रोही तीव्र रूपमा अघि बढेर बाब अल–मन्देब जलडमरूमध्यसम्म पुगेपछि अमेरिकाले उनीहरूसँग सम्पर्क गरेको थियो।

विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानाबाट जुममार्फत एपीसँग कुरा गर्दै अल–बुखैतीले आफूहरूले अमेरिकासहित अन्य कुनै पनि देशलाई जलडमरूमध्यमा निशाना नबनाउने स्पष्ट पारेको बताए। उनका अनुसार साउदी अरेबिया भने त्यसको अपवाद हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता आफ्नो प्रशासनले हुथी समूहसँग छलफल गरेको बताएका थिए। ट्रम्पका अनुसार हुथीहरूले नै अमेरिकासँग सम्पर्क गरेका थिए र उनीहरू अमेरिकासँग युद्ध गर्न नचाहेको बताएका थिए।

ट्रम्पले हुथीहरूले अधिकांश पानीजहाजलाई लाल सागर हुँदै आवतजावत गर्न दिइरहेको समेत बताएका छन्। यमनमा साउदी अरेबियासहितका पक्षको संलग्नतासँगै गृहयुद्ध पुनः चर्किएपछि लाल सागर तथा बाब अल–मन्देब जलडमरूमध्यको सुरक्षा र अन्तर्राष्ट्रिय जल यातायातमा समेत चासो बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top