आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

२८ असोज ७५, आइतबार

सोमालिया, असोज २८
शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

अपरिचित दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय सहरमा रहेको विलान होटल र बद्री रेष्टुरेन्टलाई लक्षित गरी छुट्टा छुट्टै आत्मघाती आक्रमण गरेका थिए ।

प्रहरी प्रमुख अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई जानकारी दिए ।बायका सूचना मन्त्री उगास हसन इब्राहिमले घाइतेहरुलाई तत्काल उद्धार गरी बाइडोय क्षेत्रीय अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

Advertisement

लडाकू समूह अल शबाबले अन्डालुस रेडियो मार्फत आक्रमणको जिम्मेवारी लिएको समाचारमा जनाइएको छ ।सो समूहले सोमालिया र पूर्वी अफ्रिकामा बेलाबेलामा यस्ता आत्मघाती आक्रमणहरु गर्दै आएको छ ।
रासस/एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top