भोटेकोशी बाढीमा सम्पर्कविहीनको विवरण यकिन गर्न ७५ जिल्लासँग छलफल

५ असोज ८३, सोमबार
Share this
631shares

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।

Advertisement

प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा सम्पर्कविहीनहरूको विवरणमा देखिएको दोहोरोपन हटाउने विषयमा छलफल भएको हो। प्रभावित रसुवा र नुवाकोटसहित सम्बन्धित जिल्लामा आफन्तले एउटै व्यक्तिको नाम टिपाएकाले केही नाम दोहोरिएको पाइएको छ। यस्तो दोहोरो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले रुजु गरी यकिन गरेर ‘सेतु एप’मा प्रविष्ट गर्ने सहमति भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top