५ असोज, विराटनगर । अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
वीरेन्द्रनगर–१२ स्थित एयरपोर्ट चोक, सुर्खेतमा सञ्चालनमा आएको नयाँ एक्सपेरियन्स सेन्टरमार्फत सुर्खेतसहित समग्र कर्णाली क्षेत्रका ग्राहकले अथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र बिक्रीपछिको सेवाबारे सहज रूपमा जानकारी तथा सेवा लिन सक्नेछन्।
नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले होजरका नवीनतम विद्युतीय स्कुटर, विशेषगरी अथर एक्स ५ सिरिज र अथर रिज्टा सिरिज बारे जानकारी लिनुका साथै उत्पादन तथा प्रविधिको प्रत्यक्ष अनुभवसमेत गर्न सक्नेछन्।

आधुनिक प्रविधिसहित अथर एक्स५ सिरिज
अथर एक्स५ सिरिजलाई कार्यक्षमता, आधुनिक प्रविधि र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। यस सिरिजका नवीनतम मोडलमा दैनिक विद्युतीय मोबिलिटीलाई थप सहज र सुविधाजनक बनाउन म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सन जस्ता आधुनिक फिचर समावेश गरिएको छ।
म्याजिक ट्विस्ट प्रविधिले एक्सेलेरेटर ग्रिपमार्फत स्कुटरको गति नियन्त्रण गर्न सहयोग गर्छ, जसले बारम्बार ब्रेक प्रयोग गर्नुपर्ने आवश्यकता कम गर्न मद्दत गर्छ। त्यस्तै, इन्फिनिटी क्रुजले लामो दूरीको यात्रामा निर्धारित गति कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। भ्वाइस इन्टर्याक्सनमार्फत विभिन्न सपोर्टेड फङ्सनका लागि भ्वाइस कमान्ड प्रयोग गरी स्कुटरसँग सहज रूपमा अन्तरक्रिया गर्न सकिनेछ।


त्यसैगरी, होजर रिज्टा आधुनिक पारिवारिक मोबिलिटीलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, थप आरामदायी डिजाइन र दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित रिज्टाले परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
विद्युतीय मोबिलिटी प्रमुख शहरभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा ग्राहकको अनुभवलाई सहज र विश्वसनीय बनाउन अथर नेपालले आफ्नो सर्भिस तथा चार्जिङ नेटवर्क पनि विस्तार गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार अथरका विद्युतीय स्कुटरमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ। साथै, ब्याट्रीको स्वास्थ्य अवस्था ७० प्रतिशतभन्दा तल पुगेको अवस्थामा लागू हुने सर्तअनुसार ब्याट्री रिप्लेसमेन्ट कभरेजसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
हाल देशभर अथरका १०० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी चार्जिङ पोइन्ट उपलब्ध रहेको कम्पनीको दाबी छ। यसले ग्राहकलाई यात्राका क्रममा चार्जिङ तथा मर्मतसम्बन्धी चिन्ता कम गर्दै सहज यात्रामा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
सुर्खेतमा एक्सपेरियन्स सेन्टरको विस्तार केवल विद्युतीय स्कुटरलाई ग्राहकको नजिक पु¥याउने प्रयास मात्र नभई कर्णाली क्षेत्रमा थप पहुँचयोग्य, भरपर्दो र ग्राहककेन्द्रित विद्युतीय मोबिलिटी इकोसिस्टम निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।

असोज ११ सम्म विशेष अफर
सुर्खेतमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनको अवसरमा अथर नेपालले असोज ११, २०८३ सम्म सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको छ। उक्त अवधिमा होजरको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले आफ्नो आवश्यकता अनुसार विभिन्न अफरमध्ये छनोट गर्न सक्नेछन्।
अफरअन्तर्गत ग्राहकले क्यास डिस्काउन्ट, शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधा वा एक्सचेन्जमा थप मूल्यांकन जस्ता विकल्प प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। अफर सीमित अवधिका लागि मात्र लागू हुने र सम्बन्धित नियम तथा सर्तअनुसार उपलब्ध हुने बताइएको छ।
अथर नेपालमा अथर इनर्जीको आधिकारिक वितरकका रूपमा कार्यरत रहेको कम्पनीले जनाएको छ । कम्पनीले देशभर अथरका विद्युतीय सवारी, बिक्री तथा बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारको सञ्चालन तथा विस्तार गर्दै आएको छ।
एक्सपेरियन्स सेन्टर, सर्भिस सुविधा तथा चार्जिङ पूर्वाधारको विस्तारमार्फत अथर नेपालले नेपालभर उन्नत प्रविधिमा आधारित विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको जनाएको छ। सुर्खेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै कर्णाली क्षेत्रमा अथरको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ। नयाँ सेन्टरबाट स्थानीय ग्राहकले अथरका विभिन्न उत्पादन, आधुनिक प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।



