एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु

७ असोज ८३, बुधबार
Share this
769shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक बुधबार बिहानदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको छ। असोज ५ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन्।

Advertisement

बैठकमा पार्टीको समग्र अवस्था, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। प्रत्येक सदस्यलाई धारणा राख्न अधिकतम तीन मिनेटको समय दिइएको छ। सोमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा पार्टी पुनर्गठनसँग सम्बन्धित विषयसहित केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका संगठनात्मक एजेन्डामा समेत छलफल भइरहेको छ।

बैठकमा पार्टीभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहससमेत उठिरहेका बेला छलफललाई चासोका साथ हेरिएको छ। निर्वाचनपछि पार्टीको अवस्था र संगठनात्मक विषयको समीक्षा गर्न गठित कार्यदलले विभिन्न तहबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको थियो।मंगलबारसम्म अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ११८ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका थिए। बुधबार बाँकी सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताएका छन्।

Advertisement

आज सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार सचिवालय बैठक बस्ने र त्यसबाट भएका निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी रहेको आचार्यले जानकारी दिएका छन्। बैठकसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे हुने निर्णयलाई चासोका साथ हेरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top