८ आसोज , काठमाण्डौ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दै ।
विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा ।
फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र यात्रु लिएर ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने ।

विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी ।
अध्यागमन, भन्सार, कार्गोलगायत सेवा सञ्चालनका लागि विमानस्थल तयारी अवस्थामा रहेको निरौलाले बताए। पोखरा विमानस्थल भन्सार कार्यालयले पनि यात्रु जाँ
चपास, राजस्व सङ्कलन तथा निकासी–पैठारीका लागि आवश्यक व्यवस्था मिलाइएको उल्लेख ।
फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराको उडान दीर्घकालीन बन्न सक्ने अपेक्षा ।





