पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माणपछि सञ्चालनमा

७ असोज ८३, बुधबार
Share this
718shares

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएसँगै आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको छ। बाढीबाट क्षतिग्रस्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी आज जाली राख्ने कामसमेत पूरा भएको हो। त्यससँगै पुल सञ्चालनमा ल्याइएको छ।

Advertisement

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिएको जनाएको छ। सरकारको पहलमा धादिङ, नुवाकोट र गोरखामा रहेका थप १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ। ती पुलमा कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान, केउरेनी–गहते, चिरौंदी खोला, शीतलबजार–क्युरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल रहेका छन्।

विभागका अनुसार ती पुलहरू आगामी एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ।यसैगरी, बाढीबाट क्षति पुगेका थप सात वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनअन्तर्गत पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणको खरिदका लागि सम्झौता भइसकेको विभागले जनाएको छ। बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुललाई नयाँ स्वरूपमा पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top