विपद्मा कालोबजारी गर्नेमाथि कडा निगरानी : प्रधानमन्त्री शाह

१२ असोज ८३, सोमबार
Share this
752shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने तथा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्का बेला पीडितलाई थप पीडा दिने कुनै पनि कार्य स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ ।

Advertisement

प्रधानमन्त्री शाहले विपद्को जोखिम अझै कायम रहेकाले नागरिकलाई पूर्वसतर्कता अपनाउन गरे अपिल ।

उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङलगायतका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् ।

Advertisement

विपद्बाट सिर्जित संकटको घडीमा नागरिकको जीवन रक्षा गर्दै सुरक्षित महसुस गराउनु सरकारको पहिलो कर्तव्य भएको प्रधानमन्त्री शाहले बताए ।

प्रधानमन्त्री शाहले विपद्को समयमा बजारमा हुने अनियमितता, कालोबजारी तथा पीडितलाई लक्षित गरी हुने गैरजिम्मेवार गतिविधिमाथि राज्यका निकायबाट निगरानी भइरहेको साथै, विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्दा तथ्यमा आधारित र जिम्मेवार बन्न तथा प्रभावित नागरिकको संवेदनशीलता र गोपनीयताको सम्मान गर्न पनि गरे आग्रह

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top