१२ असोज , काठमाण्डौ ।
अविरल वर्षाका कारण पहिरो खस्नुका साथै बाढीले सडक कटान र डाइभर्सन बगाउँदा काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले निरन्तर काम गरिरहेको उल्लेख ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहित पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने ।
कृष्णभिरको पहिरो भने पन्छाइएपछि एकतर्फी रूपमा सवारी सञ्चालनमा । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ ।

पहिरो पन्छाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने प्रहरीको भनाइ ।
कान्ति लोकपथको ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पनि पहिरो हटाउने काम भइरहेको तथा बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध ।
दक्षिणकाली–सिस्नेरी सडकमा साना सवारी सञ्चालन भइरहेका छन् भने ठूला सवारीलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था ।
अवरुद्ध सडक जबर्जस्ती पार नगर्न र पूर्वसूचना लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह



