१४ असोज , काठमाण्डौ।
सदस्य राष्ट्रहरूलाई करोडौँ रकम सहायता वितरण गर्ने प्रस्ताव अघि बढाउने फिफा अध्यक्ष जियानी इन्फ्यान्टिनोको तयारी ।
अध्यक्षमा पुनः निर्वाचित हुने तयारीमा रहेका इन्फ्यान्टिनोले फिफाका ६ वटै क्षेत्रीय महासंघका प्रमुखलाई अक्टोबर १५ मा सहायता रकम वितरणसम्बन्धी बैठक हुने जानकारी गराए ।

इन्फ्यान्टिनोले फिफाको सुशासनअनुसार उचित प्रक्रियाबाट दिन मिल्ने उच्चतम आर्थिक सहयोगको पक्षमा आफू रहेको भनिएपनि आगामी अध्यक्ष निर्वाचनमा समर्थन जुटाउन फुटबल संघका प्रमुखहरूलाई प्रभावित पार्ने उद्देश्यले सहायता विस्तार गर्न लागिएको आरोप उनीमाथि लाग्यो ।
इन्फ्यान्टिनोको प्रस्ताव पारित भए नेपालले पनि ठूलो सहयोग पाउने ।

विश्वकप तथा अन्य प्रतियोगिताको व्यावसायिक र सञ्चालन पक्ष हेर्ने गरी फिफाको २० प्रतिशत सेयर बिक्री गर्ने प्रस्ताव ल्याएपछि इन्फ्यान्टिनोले आलोचना खेप्दै ।
यही विवादका कारण उनको छवि प्रभावित भएको अवस्थामा सहायता वितरणमार्फत समर्थन जुटाउन खोजिएको आरोप ।
गत साता इंग्लिस प्रिमियर लिगसहित स्पेन, इटाली र जर्मनीका प्रमुख लिगहरूले फिफामा सुशासन सुधारको माग गरेका थिए।
उनीहरूले इन्फ्यान्टिनोमाथि फुटबलको संरक्षणभन्दा फिफामाथि नियन्त्रण बढाउने नीति लिएको आरोप लगाएका छन्।
फिफा अध्यक्षको आगामी निर्वाचन आउन ६ महिनाभन्दा कम समय बाँकी ।



