दशैँअघि नै चीनसँगको नाका खोल्ने कसरत

१४ असोज ८३, बुधबार
Share this
762shares

१४ असोज , काठमाण्डौ।

Advertisement

दसैँअघि नै नेपाल–चीनबीचको तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक तथा प्रशासनिक पहल तीव्र बनायो ।

नेपालस्थित चिनियाँ दूतावासका अधिकारीसहित सरकारी टोलीबाट मंगलबार सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको स्थलगत अनुगमन ।

Advertisement

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा चिनियाँ पक्षले नेपालतर्फको सडकको अवस्था हेरेर मात्रै नाका खोल्ने संकेत दिएपछि स्थलगत अनुगमन गरिएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा गएको टोलीमा अर्थ, पूर्वाधार विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी सहभागी ।

Advertisement

भन्सार विभागका निर्देशक गोपाल भट्टराईका अनुसार तातोपानी पुग्ने सडकको अवस्था राम्रो रहेको र चिनियाँ टोली पनि सकारात्मक देखिएको छ।

सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले सडकमा यातायात सञ्चालनमा कुनै समस्या नरहेको र पहिरो आए तत्काल हटाउन हेभी उपकरण तयारी अवस्थामा राखिएको बताए।

रसुवागढी नाका बाढीबाट क्षतिग्रस्त भएपछि तत्काल सञ्चालनको सम्भावना नरहेको तथा कोरला नाका पनि वर्षाका कारण अवरुद्ध भएकाले तातोपानी नाका महत्वपूर्ण बनेको छ।

दसैँ आउन १८ दिन बाँकी रहँदा सरकारले नाका तत्काल खोल्न पहल बढाएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top