१४ असोज , काठमाण्डौ।
संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरेलको तेल अभिभतर्फ उडिरहेको फ्लाइ दुबईको १ सय ५० भन्दा बढी यात्रु सवार एक यात्रुवाही विमानमा संदिग्ध सुरक्षा घटना घटेको ब्रेकिङ खबर प्राप्त भएको छ। विमान साउदी अरबमा अवतरण गर्ने तयारीमा रहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
विमानबाट आएको सन्देशको अपहरण भएको सन्देश हुन् सक्ने बताइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । विमान अवतरण नभएसम्म आकाशमा के भएको थियो भन्नेबारे शतप्रतिशत निश्चित रूपमा भन्न नसकिने ती अधिकारीले थपे।

विमानले अपहरणको प्रयाससँग सम्बन्धित आपत्कालीन कोड सक्रिय गर्दै सङ्कटकालीन सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको आर्मी रेडियोले जनाएको छ। विमानको सुरक्षाका लागि इजरेली फाइटर जेट पनि गएको बताइएको छ । तर अपहरणको कुनै संभावना नरहेको टाइम्स अफ इजरेलले जनाएको छ ।
विमानले सम्भावित ‘अनलफुल इन्टरफेरेन्स’ अर्थात् गैरकानुनी हस्तक्षेपसँग सम्बन्धित संकेत पठाएपछि इजरायली सुरक्षा निकायमा हलचल मच्चिएको थियो। विमानलाई साउदी अरबको तबूक विमानस्थलतर्फ मोडिएको थियो। विमानमा करिब १८० यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रारम्भिक विवरण सार्वजनिक भएपछि भने विमान हाइज्याक भएको आशंका कमजोर बनेको छ। इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमानभित्रका दुई पाइलटबीच भएको शारीरिक झगडाका कारण आपत्कालीन संकेत सक्रिय भएको हुनसक्ने बताएका छन्।
यद्यपि घटनाको वास्तविक कारणबारे औपचारिक अनुसन्धानपछि मात्रै अन्तिम निष्कर्ष आउनेछ। घटनाका क्रममा विमानसँग सम्पर्क तथा सुरक्षा अवस्थाबारे अन्योल देखिएपछि इजरायलले पनि सुरक्षा सतर्कता बढाएको थियो।
इजरायली वायुसेनाका लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग आकस्मिक छलफल गरेको विवरण सार्वजनिक भएको छ।
विमान साउदीमा अवतरण गरेपछि त्यसको सुरक्षा जाँच तथा चालक दलसँग सोधपुछ गरी घटनाको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ। पछिल्लो विवरणअनुसार अहिले मुख्य अनुसन्धान विमानभित्र वास्तवमा के भएको थियो भन्ने विषयमा केन्द्रित छ।
यस घटनाले केही समयका लागि दुबई–तेल अभिभ हवाई मार्गमा सुरक्षा चिन्ता बढाए पनि विमान सुरक्षित रूपमा अवतरण गरिसकेपछि यात्रुहरूको अवस्था सामान्य रहेको बताइएको छ। सुरक्षा अधिकारीका अनुसार घटना अझै जारी छ र विमानभित्र के भइरहेको छ भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ।
विमान अवतरण गरेपछि त्यसको कार्गो होल्ड जाँच गरिने र चालक दलका सदस्यहरूसँग सोधपुछ गरिने सुरक्षा अधिकारीले बताए। त्यसपछि मात्रै उडानका क्रममा वास्तवमा के भएको थियो भन्ने स्पष्ट हुनेछ। यस चरणमा विमानका पाइलट र अन्य चालक दलका सदस्यहरूबीचको सञ्चारलाई लिएर बाझिएका विवरणहरू आएको अधिकारीले उल्लेख गरेका छन्।
सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल बढाएको छ र लडाकु विमानहरू तयार अवस्थामा राखेको छ। यसैबिच प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षा अधिकारीहरूसँग उच्चस्तरीय सुरक्षा बैठक बोलाएको बताइएको छ।



