नेपालमा iPhone 18 Pro सिरिज सार्वजनिक हुँदै, मूल्य २.५९ लाखदेखि ५.३४ लाखसम्म

१४ असोज ८३, बुधबार
Share this
707shares

१४ असोज , काठमाण्डौ।

Advertisement

एप्पलका आधिकारिक वितरक जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि (GENXT) ले नेपालमा iPhone 18 Pro सिरिज औपचारिक रूपमा अक्टोबर १, २०२६ देखि सार्वजनिक गर्ने भएको छ।

सिरिजअन्तर्गत iPhone 18 Pro र Phone 18 Pro Maxउपलब्ध हुनेछन्।

Advertisement

GENXT का अनुसार लन्च डेदेखि नै विशेष अफरसमेत उपलब्ध गराइनेछ।

अक्टोबर १ देखि १० सम्म iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकले Genxt Lucky Draw मा सहभागी हुन पाउनेछन्।

Advertisement

लक्की ड्रअन्तर्गत रु २५ लाखको ग्रान्ड प्राइज जित्ने अवसर रहनेछ भने १८ जनाले Apple Watch Series 11 जित्न सक्नेछन्।

साथैPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकले SHIELD PRO र 20W Original Adapter समेत प्राप्त गर्नेछन्।

ग्राहकका लागि नबिल क्रेडिट कार्डमार्फत १२ महिनासम्म ० प्रतिशत ब्याजदरमा EMI  सुविधा उपलब्ध हुनेछ।

क्रेडिट कार्ड नभएका ग्राहकका लागिMAW Cardless EMI  सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसैगरी, पहिलो २०० जना Ncell Prepaid SIM  प्रयोगकर्ता ग्राहकले ३ महिनासम्म Ncell Unlimited Data  र Unlimited Voice Pack निःशुल्क पाउनेछन्।

कति छ मूल्य ?

कम्पनीले सार्वजनिक गरेको मूल्यसूचीअनुसार iPhone 18 Pro  सिरिजको सुरुआती मूल्य रु २ लाख ५९ हजार ९०० रहेको छ।

सबैभन्दा महँगो भेरियन्ट  iPhone 18 Pro Max 2TB को मूल्य रु ५ लाख ३४ हजार ९०० तोकिएको छ।

iPhone 18 Pro l सिरिजका विभिन्न भेरियन्टअनुसारका मूल्यहरू निम्नानुसार रहेका छनः

Model Storage RRP
Iphone 18 Pro Max 256GB 2,79,900
Iphone 18 Pro Max 512GB 3,22,900
Iphone 18 Pro Max 1TB 4,07,900
Iphone 18 Pro Max 2TB 5,34,900
Iphone 18 Pro 256GB 2,59,900
Iphone 18 Pro 512GB 3,01,900
Iphone 18 Pro 1TB 3,86,900
Iphone 18 Pro 2TB 5,13,900

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top