१५ असोज , काठमाण्डौ ।
गायक, सङ्गीतकार तथा इन्जिनियरसमेत रहेका सशस्त्र प्रहरी बलका डीएसपी पृथ्वी खनाल ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को नेपाल छनोटको अन्तिम ११ मा परेका छन्।
नेपालको अन्तिम प्रतिनिधि तोक्न आउँदो ७ अक्टोबरमा हुने प्रतिस्पर्धामा उनले अन्य १० फाइनलिस्टसँग भिड्नेछन् ।

विजयी भए उनले १४ नोभेम्बरमा बैंककमा हुने मुख्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’को मुख्य प्रतियोगिता आगामी १४ नोभेम्बर २०२६ मा थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने जनाइएको छ ।

नेपालसहित भुटान, मलेसिया, फिलिपिन्स, कोरिया गणतन्त्र, लाओस, थाइल्यान्ड, बङ्गलादेश, भियतनाम, मङ्गोलिया र कम्बोडिया गरी ११ राष्ट्रको सहभागिता हुनेछ ।
प्रहरी सेवासँगै सङ्गीतमा सक्रिय खनालको फाइनल प्रवेशले शुभेच्छुक र सङ्गीतप्रेमीमा उत्साह छाएको छ ।
उनकै शब्द, सङ्गीत र स्वर रहेको ‘धुम्बा तालैमा’ (हिमालयको आत्मा–मुस्ताङ) गीत हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।



