२० रुपैयाँ भन्दा बढी बढेर आयो पेट्रोल र डिजेल,काठमाडौंमा १२ दिन बत्ती जाने

१५ असोज ८३, बिहीबार
Share this
737shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

भोटेकोशी बाढी, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै बालेन सरकारले अउपभोक्तामाथि पर्ने मूल्यबृद्धिको भार घाटा सहेरै भएपनि कम गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।

आइओसीले बुधबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोल प्रतिलिटर २० रूपैयाँ ४४ पैसा र डिजेल २० रूपैयाँ २१ पैसा बढाएर पठाएको छ। त्यस्तै मट्टितेल प्रतिलिटर १५ रूपैयाँ ९६ पैसा खाना पकाउने ग्यास प्रतिसिलिन्डर ८१ रूपैयाँ ३२ पैसा बढाएर पठाएको हो।

Advertisement

हवाइ इन्धन प्रतिलिटर १८ रूपैयाँ ६६ पैसा बढाएर पठाएको छ। निगमले विज्ञप्ति जारी गर्दै असोज १४ गते इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भएको जनाएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ।

भोटेकोशी बाढी, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको बुधबारको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

Advertisement

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ १९७ रूपैयाँ ५० पैसा प्रतिलिटर छ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ १९९ रूपैयाँ छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ २०० रूपैयाँ छ। खाना पकाउने ग्यासको भाउ देशभर २ हजार ६० रूपैयाँ छ। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा तीन अर्ब २० करोड ३८ लाख घाटा हुने निगमले जनाएको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। यसैबीच भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिने छ ।

प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ । प्राधिकरणले मौसम प्रतिकूल भए निर्धारित विद्युत् कटौती नगरिने जनाएको छ । प्राधिकरणका अनुसार १५ असोजमा सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

१६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ मा मुलपानी, १८ मा गुर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा लाइन काटिने छ । त्यस्तै २१ असोजमा बलम्बु, २२ मा कोटेश्वर–बालकुमारी, २४ मा सिफल, २५ मा सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरेर आवश्यक काम गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध काम अघि बढाइरहेको छ ।यसअन्तर्गत पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली निर्माण गर्ने कार्यक्रम छ । कार्यक्रम अन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिने छ ।

त्यस्तै अप्टिकल फाइबर समेत भूमिगत रूपमा बिच्छ्याइने प्राधिकरणले जनाएको छ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणाली क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।

सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा जथाभावी फैलिँदा देखिने समस्या पनि भूमिगत प्रणालीबाट कम हुने प्राधिकरणको भनाइ छ । यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य कायम गर्न तथा आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top