१५ असोज , काठमाण्डौ ।
सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले गर्यो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद ।
विशेष सूचनाका आधारमा नं. ७ गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित टोलीसहित २९ जना सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १२ः ३६ बजे चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा बरामद गरेको जानकारी ।

सशस्त्र प्रहरीका अनुसार बा १४ च २९४ नम्बरको फुलबडी बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकलमा लैजाँदै गरिएको अवस्थामा २६ बोरा गाँजा फेला ।
नापतौल गर्दा गाँजाको कुल तौल १ हजार १०२ किलो ६ सय ५५ ग्राम रहेको उल्लेख ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू गाडी, मोटरसाइकल र गाँजा छाडेर फरार भएको प्रहरीको भनाइ ।
बरामद गरिएको गाँजा, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहामा ल्याइयो ।
घटनाबारे आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीको भनाइ ।



