१८ असोज , काठमाण्डौ ।
सरकारको कामकारबाही सन्तोषजनक रहे पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निष्कर्ष ।
पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनबारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालिएको रास्वपाका प्रवक्ता जगदीश खरेलको भनाइ ।

खरेलका अनुसार सरकारको नियत र कामकारबाहीमा कुनै प्रश्न उठ्ने अवस्था नरहे पनि नागरिकका अपेक्षा पूरा गर्न सरकारको गति अझ बढाउनुपर्ने आवश्यकता ।
बैठकपछि प्रवक्ता खरेलले सरकारको ६ महिने अवधिको समीक्षा गरिएको र समग्र प्रस्तुति सन्तोषजनक रहेको बताए।

सरकारले गरेका कामप्रति पार्टी सकारात्मक भए पनि जनअपेक्षाअनुसार परिणाम दिन कामको गति बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको खरेलको भनाइ ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएका थिए।
नागरिक र सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएको प्रवक्ता खरेलले दिए जानकारी ।



