सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित

२० असोज ८३, मंगलबार
Share this
768shares

२० असोज , काठमाण्ण्डौ ।

Advertisement

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउसम्बन्धी सुरक्षासंवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाललाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतको भनाइ ।

Advertisement

गत साता राणालाई पक्राउ गरिएलगत्तै दाहाल टेकुस्थित नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।

त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।

Advertisement

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले दाहाललाई निलम्बन गर्ने निर्णय गरेको हो।

निर्णयको सूचना गृह मन्त्रालयमार्फत सशस्त्र प्रहरी मुख्यालय पठाइएको छ।

विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको आरोपमा प्रधानमन्त्री सचिवालयको निर्देशनमा राणालाई पक्राउ गरिएको बताइएको छ।

निलम्बित एआईजी दाहाल राणाका नातेदार हुन्।

गृह मन्त्रालयले राणालाई पक्राउ गरेलगत्तै रातारात भेट्न जानुको कारणबारे दाहालसँग सोधपुछ गरेको थियो।

दाहालले पारिवारिक व्यक्ति भएकाले पक्राउ परेको खबर परिवारबाट पाएपछि भेट्न गएको बताएका थिए।

तर, राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले भने पक्राउसम्बन्धी सूचना दाहालबाटै चुहिएको दाबी गर्दै आएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top