२० असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिको आकार उल्लेख्य रूपमा बढायो ।
महाधिवेशनको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव पारित गरेसँगै अब कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने ।

महामन्त्री पौडेलका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या नै करिब ७ हजार ७ सय पुगेकाले पार्टीको केन्द्रीय संरचनालाई थप समावेशी र प्रतिनिधिमूलक बनाउन समिति विस्तार ।
यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो।

विधान संशोधनमार्फत अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला महामन्त्रीसहित तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री रहने व्यवस्था ।
थप चार सहमहामन्त्री भने सभापतिले मनोनयन गर्ने ।
कुल २९७ सदस्यीय केन्द्रीय समितिमध्ये ६६ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ भने प्रतिनिधिसभाका संसदीय दलका नेता तथा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने ।
त्यस्तै, केन्द्रीय कार्यसम्पादन समितिको आकार पनि ३१ बाट बढाएर ४१ सदस्यीय बनाइयो ।
कोषाध्यक्ष र प्रवक्तालाई सभापतिले पदाधिकारीको हैसियतमा मनोनयन गर्ने तथा आवश्यकताअनुसार सहप्रवक्तासमेत सभापतिले मनोनयन गर्न सक्ने ।



