आज पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

२० असोज ८३, मंगलबार
Share this
725shares

२० असोज , काठमाण्डौ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुशार आज देशभरको मौसममा सामान्य बदली रहने ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना ।

Advertisement

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने ।

देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ।

Advertisement

राति लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान ।

राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top