सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम ःरेकर्ड नभेटिए पनि लाइसेन्स

२० असोज ८३, मंगलबार
Share this
724shares

२० असोज , काठमाण्डौ ।

Advertisement

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नम्बर प्रणालीमा भए पनि पूर्ण विवरण नहुँदा वर्षौँदेखि नवीकरणबाट वञ्चित करिब ४ लाख चालकलाई सरकारले दियो राहत ।

यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै प्रणाली वा पुरानो अभिलेखमा पूर्ण विवरण नभेटिए पनि चालकले स्व–घोषणा गरेर एकपटकका लागि लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था।

Advertisement

‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ लागू गर्दै विभागले यस्तो व्यवस्था गरेको हो।

अब लाइसेन्स नम्बर प्रणालीमा देखिए पनि प्राविधिक कारणले अन्य विवरण नखुलेका सेवाग्राहीले सम्बन्धित प्रदेशस्थित यातायात कार्यालयबाटै नवीकरण गराउन सक्ने ।

Advertisement

यसअघि यस्ता समस्या समाधानका लागि काठमाडौंस्थित यातायात व्यवस्था विभाग पुग्नुपर्ने बाध्यता थियो।

पूर्ण विवरण नभेटिएमा चालकसँग उपलब्ध प्रमाण, कार्यालयको पुरानो अभिलेख वा सेवाग्राहीले भर्ने स्व–घोषणा फारामका आधारमा अभिलेख पुनः कायम गरिने ।

सोही अभिलेखका आधारमा नवीकरण प्रक्रिया अघि बढाइने विभागको भनाइ ।

तर स्व–घोषणामा पेस गरिएको विवरणको कानुनी तथा प्राविधिक जिम्मेवारी सम्बन्धित चालकले नै लिनुपर्नेछ।

गलत विवरण पेस गरेको पाइए कानुनअनुसार कारबाही हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top