नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला

२७ असोज ८३, मंगलबार
Share this
747shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत असार ३० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितलाई दोषी ठहर गरेको थियो।

Advertisement

अदालतले पीडितको रकम असुल गरी फिर्ता गराउन आदेश दिएको छ।

सबैभन्दा बढी सन्देश शर्माबाट ७ करोड ४७ लाख रुपैयाँ, सानु भण्डारीबाट २ करोड ६० लाख र केशवप्रसाद दुलालबाट १ करोड ५८ लाख रुपैयाँ भराउनुपर्ने ठहर ।

Advertisement

रायमाझीले ४० लाख, इन्द्रजित राईले १ करोड ५० लाख तथा सागर राईले १ करोड २९ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने ।

रकम तिर्नुपर्ने दायित्व नतोकिए पनि खाँणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा पाण्डेलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना ।

अदालतले नक्कली प्रतिवेदन तयार गरी ५८१ परिवारको नाम थपिएको, बिचौलिया र सरकारी अधिकारीबीचको संवाद तथा नीतिगत निर्णयलाई प्रमाणका रूपमा विश्लेषण गर्याे ।

सात जनाले सफाइ पाएका छन् भने फरार आठ जनाको मुद्दा उनीहरू पक्राउ परेपछि सुनुवाइ हुने गरी मुलतबीमा राखियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top