मङ्गल ग्रहमा प्राचीन जीवनको संकेत भेटियो

२७ असोज ८३, मंगलबार
Share this
773shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले मङ्गल ग्रहमा कुनै समय जीवन अस्तित्वमा थियो कि थिएन भन्ने प्रश्नको उत्तर दिन सक्ने सम्भावित तथ्य फेला पार्यो ।

नासाको पर्सिभरेन्स रोभरले मङ्गल ग्रहको सतहबाट संकलन गरेको एउटा चट्टानमा प्राचीन सूक्ष्म जीवको गतिविधिसँग मिल्दोजुल्दो संकेत भेटियो ।

Advertisement

वैज्ञानिकहरूले ‘सफायर क्यान्यन’ नाम दिएको उक्त नमुना अहिले मङ्गल ग्रहमा रहेको पर्सिभरेन्स रोभरभित्र सुरक्षित ।

चट्टानमा देखिएका चितुवाको छालाजस्ता धब्बाले कुनै समय त्यहाँ सूक्ष्म जीवको गतिविधि भएको हुन सक्ने सम्भावना देखाएको वैज्ञानिकहरूको भनाइ ।

Advertisement

तर यो खोजले मङ्गल ग्रहमा जीवन थियो भन्ने अन्तिम प्रमाण भने दिइसकेको छैन ।

चट्टानमा देखिएका धब्बा जैविक गतिविधिबाट बनेका हुन् वा अन्य कुनै रासायनिक तथा भूगर्भीय प्रक्रियाका परिणाम हुन् भन्ने छुट्याउन थप अध्ययन आवश्यक ।

त्यसका लागि नमुना पृथ्वीमा ल्याएर अत्याधुनिक प्रयोगशालामा परीक्षण गर्नुपर्ने वैज्ञानिकहरूको भनाई ।

यद्यपी नमुना पृथ्वीमा ल्याउने नासाको महत्त्वाकांक्षी योजना महँगो र जटिल बनेपछि हाल भने रोकिएको अवस्थामा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top