अश्लील अडिओ बारे बोले खगेन्द्र सुनार

२७ असोज ८३, मंगलबार
Share this
727shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनारको आक्रामक प्रतिक्रिया।

अडियो आफ्नो नभएको। प्रविधि वा एआई प्रयोग गरेर काल्पनिक पात्र खडा गरी चरित्रहत्या गर्ने षड्यन्त्र भएको खगेन्द्रको दाबी ।

Advertisement

प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा आवाज उठाएकै कारण आफूलाई नियोजित रूपमा आरोप लगाएर घेराबन्दी गरिएको दाबी ।

प्रहरी नेतृत्वले धम्क्याउँदै आएको समेत आरोप लगाए ।

Advertisement

मुद्दा नचलेपछि मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेर बदनाम गर्न खोजिएको जिकिर ।

आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्यका सम्बन्धित निकायबाट हुने निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको प्रमाणित भए पार्टीको केन्द्रीय समिति र सांसद पदबाट निलम्बित हुनसमेत आफू तयार रहेको बताए ।

आवश्यक परे हत्कडी लगाएर कानुनबमोजिमको सजाय भोग्न पनि पछि नहट्ने खगेन्द्रको जवाफ ।

विवादित अडियो प्रकरणमा रास्वपाको आन्तरिक छानविन भने सुरु ।

विज्ञप्तिमार्फत सुनारलाई सार्वजनिक कार्यक्रममा नजान रास्वपाको निर्देशन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top