विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट

१० कात्तिक २०८३, मंगलबार
Share this
698shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) माचितवन राइनोजद्वारा विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा गर्याे विजयी सुरुवात ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट ।

Advertisement

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाउदा आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र १ चौकासहित ३३ रन जोडे भने लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

चितवनको जितमा कमल सिंह ऐरी नायक बने। उनले चार विकेट लिए।

Advertisement

रिजन ढकालले दुई विकेट लिँदा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

उसका लागि इंग्ल्यान्डका डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ७० रनको उत्कृष्ट इनिङ्स खेले ।

रवि बोपाराले ३२ तथा डान मोस्लीले अविजित २९ रन बनाए।

विराटनगरका एन्जेलो, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए।

एनपीएलमा आजको दोस्रो खेलमा कर्णाली र जनकपुर भिड्दै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top