रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा

१२ कात्तिक २०८३, बिहीबार
Share this
768shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार बूढानीलकण्ठस्थित रवि निवासमा ४ घण्टा भेटवार्ता ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित पुगेका बालेनले लामिछानेसँग करिब चार घण्टा छलफल गरेको सुरक्षा स्रोतको भनाइ ।

Advertisement

उच्च सुरक्षा स्रोतका अनुसार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म दुई नेताबीच कुराकानी भएको थियो।

सरकारी स्रोत र रास्वपाको पार्टी स्रोतले पनि अनौपचारिक रूपमा भेट भएको पुष्टि गरेका छन्।

Advertisement

भेटमा संवेदनशील विषयमा साझा धारणा बनाउने, केही जरुरी निर्णय, अध्यादेश तथा महत्वपूर्ण राजनीतिक नियुक्तिका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ ।

केही नियुक्तिमा दुई नेताबीच सहमति हुन बाँकी रहेको उल्लेख ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा पनि छलफल भएको हुन सक्ने स्रोतको दाबी ।

कार्कीलाई हटाउने अवस्था आए सम्भावित नयाँ प्रहरी प्रमुखका विषयमा भने दुवै नेताबीच एकमत नरहेको तथा लामिछानेको भारत भ्रमणका विषयमा पनि भेटमा कुराकानी भएको उल्लेख ।

दुई नेताबीच करिब दुई महिनापछि भेट भएको हो।

भेटबारे दुवै पक्षका निकटस्थ नेताहरूले औपचारिक जानकारी दिएका छैनन्।

भेट लम्बिएपछि बुधबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आजका लागि सारिएको स्रोतको दाबी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top