१९ कार्तिक , काठमाण्डौ ।
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने सम्भावना ।
मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान ।

विभागका अनुसार दिउँसो कोसी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ।
देशका बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
दिउँसोको समयमा तीन प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भएकाले ती क्षेत्रको मौसममा सामान्य परिवर्तन देखिने।
त्यस्तै, रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने विभागको भनाइ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना ।
देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको अनुमान ।



