२६ कार्तिक , काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै।
तीन वर्ष ६ महिना कैद भुक्तान गरेका रायमाझी ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएपछि रिहा हुदै ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषी ठहर भएपछि उनी २०८० वैशाख ३१ गतेदेखि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए।
रायमाझीले ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाउन काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए।
उनी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका हुन्।
गत कात्तिक १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद छुट दिने निर्णय गरेको थियो।
उक्त व्यवस्थाअनुसार ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउन सक्छन्।
अदालतको आदेशअनुसार उनलाई आजै थुनामुक्त गर्न पत्र डिल्लीबजार कारागारमा पुगिसकेको छ।
कैद छुट पाए पनि रायमाझीले विभिन्न कसुरमा तोकिएको जरिबाना भने तिर्नुपर्ने ।



