२७ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदै ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

खेल दिउँसो साढे १२ बजे सुरु हुने ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको काठमाडाको पाँच खेलमा चार खेलमा जित र एक खेलमा हार ।
यस्तै, सुदूरपश्चिम चार जित र दुई हारसहित तेस्रो स्थानमा ।
६ खेल खेलेको सुदूरपश्चिमलाई आजको खेलमा अंक तालिकामा आफ्नो स्थान बलियो बनाउने अवसर ।
आजै अपरान्ह हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्ने ।
पाँच खेल खेलेको चितवन दुई जित, दुई हार र एक खेल वर्षाका कारण रद्द भएपछि पाँचौं स्थानमा ।
यस्तै, जनकपुर ६ खेलमा दुई जित र चार हारसहित छैटौं स्थानमा ।
प्लेअफको सम्भावना बलियो बनाउन जनकपुरलाई आजको खेल जित्नुपर्ने दबाब



