प्राविधिक गडबडीले अमेरिकामा १३ हजार उडान प्रभावित

२८ कात्तिक २०८३, शनिबार
Share this
757shares

२८ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइयो ।

समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडानहरु भएका थिए प्रभावित ।

Advertisement

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान गरिसकिएको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको दिए जानकारी ।

यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन नसक्ने र क्रमशः सञ्चालनमा ल्याइने उनको भनाइ ।

अमेरिकी यातायात सचिवका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी देखिएको थियो समस्या ।

जसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न भएको थियो कठिनाइ ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने लिएका थिए निर्णय ।

जुन समयमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए आकाशमा ।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण नभएको गरे दावी ।

प्रारम्भिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) को कारण कुनै समस्या आएको संकेत परेको छैन फेला ।

११ सेप्टेम्बर २००१ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा उडान सेवा रोकिएको यो दोस्रो घटना ।

यसअघि सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण पनि अमेरिकाभरका उडानहरू भएका थिए प्रभावित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top