२ मंसिर, काठमाण्डौ ।
दानबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पदमा पुनर्बहालीको माग गरिएको रिटमा सर्वोच्च अदालतले जारी गर्यो कारण देखाउ आदेश ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न विपक्षीलाई समेत बोलायो ।

सर्वोच्चको वेबसाइटमा कारण देखाउ आदेश र अन्तरिम आदेश छलफलमा बोलाएको उल्लेख भए पनि लिखित आदेश आइसकेको छैन ।
कुन मितिभित्र जबाफ पेस गर्न र कुन मितिमा अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ भन्ने खुल्न बाँकी ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो ।
त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णय समेत गरेको थियो ।
त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए ।
त्यसमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश पौडेलद्वारा यस्तो आदेश जारी ।



