११ मंसिर , काठमाण्डौ ।
सुकुम्बासी समस्या फोहोर फ्याँकेजसरी समाधान नहुने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी ।
उपत्यकाका नदी किनारबाट हटाइएका वास्तविक सुकुम्बासीको दिगो बसोबासको व्यवस्था हुन नसकेको भन्दै उनले उनीहरूलाई सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नुपर्ने जोड दिए ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले महिनौं बितिसक्दा पनि विस्थापित सुकुम्बासीको बसोबासको टुंगो लाग्न नसक्नु दुःखद भएको उल्लेख गरे ।
ग्रामीण अर्थतन्त्र धराशायी भएपछि वैकल्पिक रोजगारी खोज्दै सहर पस्ने श्रमिकहरू नै मुख्य रूपमा आवासविहीन हुने गरेको तर्क ।
सहरमा सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा र ढुवानीलगायत काम गरेर उनीहरूले अर्थतन्त्रमा योगदान पु¥याइरहेको उनको भनाइ ।
सुकुम्बासी समस्या कुनै एक देश वा सहरको मात्र नभई शहरीकरणका क्रममा विभिन्न देशमा देखिने ऐतिहासिक प्रक्रिया भएको बताउदै यस्तो समस्यालाई आधुनिक राज्यले कानुनी र न्यायपूर्ण ढंगले समाधान गर्नुपर्ने धारणा व्यक्त ।





