‘काम देखाउनुस्, नत्र हटाउँछु’ : एसपीहरूलाई आईजीपी केसीको चेतावनी

११ मंसिर २०८३, शुक्रबार
Share this
692shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

कार्यसम्पादन कमजोर भए जिम्मेवारीबाट हटाइने भन्दै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी)हरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले दिए निर्देशन ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार उपलब्ध एसपीहरूलाई बोलाएर सुरुका तीन महिनासम्म कार्यसम्पादन मूल्यांकन गर्ने र त्यसकै आधारमा जिम्मेवारीमा निरन्तरता दिने वा नदिने निर्णय गर्ने स्पष्ट पारे।

Advertisement

इमानदार, अनुशासित र परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै सेवाग्राहीका गुनासा तथा उजुरीमाथि निष्पक्ष अनुसन्धान गर्न र नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह।

प्रहरी संगठनप्रतिको जनविश्वास बढाउनुपर्नेमा जोड दिँदै एक वर्षसम्म इन्चार्ज परिवर्तन गर्न नपाइने नियमको आडमा ढुक्क भएर नबस्न केसीको चेतावनी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top