आइसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा

काठमाडौँ,कात्तिक १०
इङ्ग्ल्याण्ड र वेल्समा आयोजना हुन लागेको अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ ।
२०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने विश्वकप क्रिकेटको सो ट्रफी संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइएको हो ।

सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी हिँजो साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो ।

आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलेका अनुसार शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकाले ट्रफी त्यहाँ लैजान लागिएको हो ।

Advertisement

घिमिरेले भनिन्, ‘ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो, पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पु¥याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालसम्म ट्रफी पु¥याइनेछ ।’

शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याई कात्तिक ११ गते चन्द्रागिरि लगेर प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने छ । सोही दिन वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ ।

Advertisement

निशान कम्पनीको सहायताले एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) हुँदै नेपाल ल्याइएको हो ।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top