×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

पोखरा प्रिमियर लिगमा आज दुई खेल, पहिलो जितको खोजीमा पारस र सन्दीपको टिम

१२ कार्तिक २०७५

पोखरा,कात्तिक १२
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा चितवन राइनोजले पोखरा पल्टनको सामना गर्नेछ । पहिलो खेल बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे बाट सुरु हुनेछ ।

सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले सुरुवाती दुई खेल हारेको छ । अब प्रतियोगिताको उपाधि भिडन्तमा कायम रहने हो भने विराटनगरलाई जितको विकल्प छैन । लगातार खेलमा औसत प्रदर्शन गरेको टोलीको ब्याटिङमा निकै समस्या देखिन्छ । बलिङमा सन्दीप लामिछानेले विकेट लिएपनि अन्य बलरले साथ दिन सकेका छैनन् ।

Advertisement
Advertisement

यता ज्ञानेन्द्र मल्लको टोली भने लगातार दोस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छ । यसका लागि टोलीले फेरीपनि गौरव तोमरको आक्रामक ब्याटिङको अपेक्षा राख्नेछ । उनले पहिलो खेलमा ९५ रन जोडेका थिए । बलिङमा पनि सुशन भारी, वसन्त रेग्मीजस्ता स्पिनर रहेकाले टोली राम्रो लयमा हुनेछ ।

दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज प्रतियोगिताको पहिलो जित दर्ता गर्ने सुरमा छ । पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग फराकिलो अन्तरले पराजित भएपछि पारसको टोली दबाबमा छ । चितवनको ब्याटिङ पतन हुँदा ठूला नामहरुले खेल्न सकेका थिएनन् । अनिल साह, आरिफ शेख, पारस खड्का जस्ता घरेलु क्रिकेटमा नाम चलेका ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केका थिए । घरेलु खेलाडी करण केसीले भने राम्रो प्रदर्शन गरेका थिए ।

Advertisement
Advertisement

पोखरा पल्टनले भने प्रतियोगितामा मिश्रित सुरवात गरेको छ । पहिलो खेलमा जित हात पारेपनि दोस्रोमा टोलीले बुटवल ब्लास्टर्ससँग अपेक्षित प्रदर्शन गर्न सकेन । १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराको ब्याट्सम्यान चल्न नसक्दा हार बेहोर्नुपरेको थियो । मोहमद नविदको आगमनले बलिङमा अझै मजबुती पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top