साफ यू–१५ मा नेपाल– बङ्गलादेश भिड्दै

१२ कात्तिक ७५, सोमबार
Share this
796shares

काठमाडौँ,कात्तिक १२

Advertisement

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै सेमिफाइलन पुग्नेछ ।

Advertisement

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो भने बङ्गलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको थियो ।

समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

Advertisement

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’मा भारत, भूटान र पाकिस्तान छन् । श्रीलङ्काले भने प्रतियोगितामा सहभागिता जनाएको छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ, यसअघि भएको तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ गरी दुई तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेका थिए ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top