एजेन्सी,कात्तिक १३
हामीले पाकेको केरा त धेरैले खाने गरेको छौँ तर काँचो केरा भने खासै कसैले पनि खाने गरेको भेटिदैन । जसरी हाम्रो स्वास्थ्यमा पाकेको केराले फाईदा पुरर्याउँछ त्यसै गरी काँचो केराको सेवनले नि फाईदा पुरर्याउँने गर्दछ । काँचो केरा खानुका यस्ता छन् फाईदा :
– यसको सेवन गर्नाले मोटोपना घटाउनुका साथै धेरै फाइदा पनि गर्छ ।
– काँचो केराको प्रयोगले शरीरलाई स्वस्थ बनाउनुका साथै राम्रो उत्कृष्ट बनाउँछ ।
– काँचो केरामा पूरा मात्रामा पोटासियम हुने गरेको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यस्तै यसले मानिसलाई दिनभरी सक्रिय बनाउँछ ।
– यसका साथै काँचो केरामा रहेको भिटामिन बी ६, भिटामिन सी, एण्टी(ओक्सीडेट्स पाउनुका साथै कोसिकाको पोषण समेत दिने गरेका छन्।
– क्यान्सर हुनबाट जोगाउँछ काँचो केरामा कयौँ यस्तो तत्व पाउँछ जसले शरिरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।
– कब्जियत समस्या हटाउँछ यसको प्रयोगले हाम्रो शरीरमा जमेको विशाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्दछ। कब्जियतको समस्या भएमा मानिसलाई अनेकन रोग लग्ने गर्दछ।
– तौल घटाउँछ यसमा फाइबर भरपूर मात्रामा पाइने भएकाले यसको सेवनले मानिसमा हुने मोटोपनलाई घटाउँछ। शरीरमा जमेर बसेको फ्याटलाई हटाएर शरीरलाई सफा गरिदिन्छ।