×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

पीपीएलमा काठमाडौं १३ रनले पराजित, प्लेअफको संभावना कायमै

१५ कार्तिक २०७५

पोखरा, कात्तिक १५
पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा चितवनले काठमाडौलाई १३ रनले हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढी विरुद्ध पहिलो जित निकालेको चितवनले आजपनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाह विच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे ।

Advertisement

त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरीशंकरले आजपनि ६० रनको योगदान गरे ।

उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङ तर्फ बसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गर्न नसकेको काठमाडौ २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३६ रन बनाउन सक्यो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौले २३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए भने अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ ब्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा तेस्रो विकेट खेर फाल्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोर विच राम्रो साझेदारी भइरहेका बेला चितवनका कप्तान पारस खड्काले यो साझेदारी तोड्न सफल भए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौले खेल आफ्नो हातबाट फुस्कायो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौले एक सय २५ रनमा सात विकेट गुमायो ।

Advertisement

त्यसपछि पुछारका खेलाडी एकपछि अर्को विकेट झरेपछि काठमाडौले प्रतियोगितामा पहिलो हार ब्यहोर्यो । बलिङ तर्फ करण केसीले तीन तथा पारस खड्काले दुई विकेट लिए ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top