पोखरा प्रिमियर लिग : दीपेन्द्र चम्किँदा पोखरामाथि धनगढीको रोमाञ्चक जित

१५ कात्तिक ७५, शुक्रबार

पोखरा, कात्तिक १६
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा पोखरा पल्टनविरुद्ध सनसनीपूर्ण जित हात पार्दै धनगढी एक्सपट्र्स अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।

धनगढीको जितमा अविस्मरणीय पारी खेलेका कप्तान दीपेन्द्रसिंह ऐरीले हारको संघारमा पुगेको धनगढीलाई ब्यूँताउने क्रममा ऐरीले २६ बलमा ४९ रन बनाए जसमा ४ छक्का र ४ चौका समावेश थिए ।

अन्तिम ओभरमा धनगढीलाई १४ रन आवश्यक थियो । स्ट्राइकमा थिए दीपेन्द्र । मेहबुब आलमले फ्याकेको पहिलो बल वाइड भयो । दोस्रो बलमा दीपेन्द्रको मिस हिट छक्कामा परिणत भयो । अन्तिम दुई बलमा चार रन चाहिँदा दीपेन्द्रले कभरतर्फ चौका प्रहार गर्दै टिमलाई दुई विकेटको जित दिलाए ।

Advertisement

आजको खेल हारेको भए उपाधि होडबाट लगभग बाहिरने अवस्थामा रहेको धनगढीका लागि यो जित निकै महत्वपूर्ण छ ।तर पनि प्लेअफमा पुग्नको लागि उसले अझै अन्य टिमहरुको नतिजा कुर्नुपर्ने छ ।

धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।

Advertisement

बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको थियो ।

पोखराको लागि रोहित कुमार पौडेलले इनिङ्स उकास्न खोजेका थिए । उनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविन्द्र सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।

एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए । जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।

लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छन् भने दोस्रो र तेस्रोले प्ले अफ खेल्नेछन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top