×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुलबारे यी रोचक तथ्य, जुन कसैलाई पनि थाहा छैन

१७ कार्तिक २०७५

एजेन्सी, कात्तिक १७
चिनमा विश्वको सबैभन्दा लामो पुल निर्माण भएको छ । २० अर्ब अमेरिकी डलरमा बनेको यो पुल ५५ किमी लामो रहेको छ ।

यो पुलले हङकङ र मकाउलाई चीनको मुलभुमिसँग जोड्छ । विश्वको सबैभन्दा लामो यस पुलको बारेमा कयैन रोचक पक्षहरु रहेका छन् ।
ती रोचक कुराहरु जान्नुहोस् ः

Advertisement

सबैलाई पहुँँच हुने छैन पुलमा

हुनत पुलले चिनियाँ स्वशासित क्षेत्रहरु हङकङ र मकाउलाई चिनियाँ मुलभूमीको अझ नजिक ल्याउन लक्ष्य लिएको छ तर चुनिएका मानिसहरुले मात्र यस पुलमा पहुँँच पाउनेछन् ।

हङकङका जनतालाई पुल पार गर्नको लागि विशेष परमिटको आवश्यकता पर्नेछ । हङकङबाट झुहाई प्रवेश पाउनको लागि केही कडा सर्तहरु पुरा गर्नेलाई मात्र दीर्घकालिन खालको विशेष परमिट दिइने रिपोर्टहरु पनि आइरहेका छन् ।

यी सर्तहरुमा चीनलाई उलेख्य कर बुझाएको, चीनको दक्षिण प्रान्त ग्वाङदोङ क्षेत्रमा ठूलो रकम अनुदानमा दिएको र थुप्रै मध्य एक राजनीतिक संगठनको सदस्यता रहेको मानिएको छ ।

अन्यले भने एक निजी बस लिन सक्छन् । यो पुलमा सार्वजनिक यातायात भने चल्ने छैनन् ।

कुन साइडमा चल्ने छन् गाडी ?

हङकङ र मकाउमा सवारीसाधन देब्रेबाट चलाइन्छ । तर मुलभूमि चीनमा भने गाडी दाँयाबाट चल्छ । यसले पुलमा गाडि कुन साइडमा चल्ने भनेर मानिसहरुमा अन्यौलता निम्त्यीएको छ ।

पुललाई मुलभूमि चीनको भूभाग मानिने भएकाले चालकहरुले पुलमा रहँदा गाडि दाहिनेबाट चलाउनुपर्ने हङकङको यातायात विभागले बताएको छ । विभागका अनुसार यस सहरका चालकले पनि पुलमा सोही नियम पालना गर्नुपर्नेछ ।

हुन त सुरुमै साइड बदल्नका लागि केही सिर्जनात्मक समाधानका विकल्पहरु पनि अघि ल्याइएका छन् । यसमा डच आर्किटेक्टको समुहले प्रस्ताव गरेको पर्ल रिभर नेकलेस नाम दिइएको एक ‘फ्लिपर पुल’ विशेष चर्चामा रह्यो ।

तर पछि भने परम्परागत उपाय अपनाइयो । अब कारलाई पुल प्रवेश गर्नु अघि विशेष रुपमा निर्माण गरिएको ‘मर्ज पोइन्ट’मा रोकेर साइड बदल्न लगाइनेछ ।

चालकले गर्ने हाई र ब्लडप्रेसरको निरन्तर निगरानी

पुलमा गाडी चलाउने चालकहरुको मुटुको रफ्तार र ब्लड प्रेसरको निगरानी निरन्तर हुनेछ । र यी सुचना पुलको कन्ट्रोल सेन्टरमा पुग्नेछ । हङकङका मिडियाको रिपोर्ट अनुसार पुलमा गाडि चलाइरहेका ड्राइभरमाथि पनि क्यामेराको निगरानी हुनेछ ।

यदी कुनै चालककले २० सेकेण्डभित्र तीन पटकभन्दा बढी हाई गरेमा ‘हाई निगरानी क्यामेरा’ले खतराको सुचना दिनेछ ।

पुललाई लिएर हङकङवासीमा असन्तुष्टि

हङकङका अनलाईन प्रयोगकर्ताहरुले पुलको सिमित प्रवेशप्रति गुनासो गरेका छन् ।

“हङकङकै करदाताले तिरेको त्यत्रो पैसा प्रयोग भएका पुल। तर हामीहरु सबैलाई नै खुल्ला गरिएको छैन,” एक जना हङकङ निवासीले साउथ चाइना मर्निङ पोष्टमा टिप्पणी गरेका छन् ।

लोकतन्त्र पक्षधर कानुनकर्मी एडीले यस पुललाई ‘तत्काल आवश्यक नहरेको एक राजनीतक रुपले प्रेरित विशाल संरचना’ भने ।

झुहाईको उत्तरतर्फ अर्को पुल सेनझेन र झोङशान नजिक बनिरहेको छ । उक्त पुलको निर्माण पछि सन् २०३० सम्ममा हङकङ–झुहाई–मकाउ पुलमा यातायातको चाप उलेख्य घट्नेछ ।  “यो कुराले पनि यो अनावश्यक रहेको देखाउँछ,” उनले भने ।

‘राजनीतिक पुल’

यो पुल हङकङ र मकाउलाई चीनको दक्षिणी क्षेत्रमा रहेको ११ शहरसँग जोडेर एक हाई–टेक क्षेत्र निर्माण गर्ने अभियानको हिस्सा हो ।

‘ग्रेटर बे एरिया’ नाम दिएको यो क्षेत्र अमेरिकाको चर्चित सिलिकन भ्यालीलाई प्रतिस्पर्धा दिन सक्ने गरी बनाइँदैछ । अघिल्लो महिना मात्र चिनियाँ मूलभूमिसँग हङकङलाई तीव्र गतिको रेलमार्गले जोडियो ।

आलोचकहरुले अबौं डलरको यस पुल हङकङमा बढ्दै गएको चीन विरोधी धारणालाई मत्थर पार्नको लागि हङकङको चीनसँगको समायोजनको गति बढाउन बनाइएको आरोप लगाएका छन् ।

Advertisement

हङकङ र मकाउ चीनको अभिन्न अंग भए पनि उनीहरु आफ्नै अलग सरकार, कानुनी प्रणाली र नीति भएका विशेष प्रशासनिक क्षेत्र हुन् । स्वशासनका पक्षधरहरुले यस पुल हङकङमाथि चीनको नियन्त्रण बढाउन ल्याइएको बताइरहेका छन् ।
बेलायती पत्रिका द गार्डियन

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top